‘वर एन्ड बधु’को बाँकी छायाङ्कन नेपालमा

29

काठमाडौँ, १४ चैत । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एन्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक मिलन चाम्सका अनुसार बाँकी ५० प्रतिशत छायाङ्कनको काम नेपालमा पूरा गरिनेछ ।

रोमान्टिक कमेडी कथामा तयार भइरहेको फिल्मको बाँकी काम चैतको तेस्रो साताबाट सुरु हुनेछ । फिल्ममा नवनायक विवेक कर्माचार्यले ‘वर’ र अभिनेत्री आँचल शर्माले ‘बधु’को भूमिका निभाउँदै हुनुहुन्छ ।

अभिनेता विवेकले दोस्रो सेड्युलका लागि आफ्नो शरीर सुगठित बनाउनुभएको छ । निर्देशक चाम्सले कथाको माग अनुसार नै विवेकले शरीर बनाएको बताउनुभयो । उहाँले फिल्मले विवाहको संस्कृति कथालाई देखाउने बताउनुभयो ।

डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्म एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुदीप बरालको छायांकन छ ।

Share This:
सम्बन्धित खबर
Loading...