हुम्ला, १० चैत । हुम्लामा जिप दुर्घटनामा शनिबार २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा अदानचुली–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेको प्रहरीले जनाएको छ ।
अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरबाट वडा नम्बर ५ को बारीगाउँ जाँदै गरेको सु.१ ज ११८३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डीएसपी रविन्द्र खनालले बताउनुभयो ।
दुर्घटनामा घाइते हुनेहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।