‘न्याय क्षेत्रमा महिलाहरुको समान नेतृत्वदायी भूमिका अपरिहार्य’

52

काठमाडौँ, ९ चैत । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय समानता र विधिको शासन प्रत्याभूतिको लागि महिलाहरुको समान नेतृत्वदायी भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै श्रेष्ठले, न्याय समानता र विधिको शासन प्रत्याभूतिको लागि महिलाहरुको समान प्रतिनिधित्व र नेतृत्वदायी भूमिका अपरिहार्य भएपनि न्यायपालिकामा महिला न्यायाधिशको संख्या तुलनात्मक रुपमा कम रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘खासगरी न्याय समानता विधिको शासन प्रत्याभूतिको लागि महिलाहरुको समान प्रतिनिधित्व र नेतृत्वदायी भूमिका अपरिहार्य हुने तर न्यायपालिकामा महिला न्यायाधिसको सङ्ख्या तुलनात्मक रुपमा कम तथा नेतृत्व तहमा समेत अत्यन्त न्यून रहेको छ ।’

उहाँले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने भन्दै आफूले न्यायालयको नेतृत्व सम्हालेदेखि नै सुधारका लागि काम सुरु गरी न्यायिक सुधारका कामलाई निरन्तरता दिएको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा कानुन न्याय तथा संघीय मामिलामन्त्री पदम गिरीले, महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित हुने बताउनुभयो । विगतबाट नै महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू साँच्चै न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने ल्याकत राखेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘न्याय सम्पादन सधैँ सही हुन्छ भन्ने पनि मलाई लाग्दैन । कहिले काहीँ त्यसमा कमीहरु आउन सक्छन् होला । किनभने कहिलेकाँही त्यसलाई सच्याइएको अभ्यासहरु पनि छन् । तुलनात्मक रुपले हेर्ने हो भने महिला श्रीमानहरुले, महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित र साँच्चै न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने त्यो ल्याकत राखेको विगतबाट हामी देख्न सक्छौँ त्यो गौरबको विषय हो ।’

Share This:
सम्बन्धित खबर
Loading...