योजना आयोगमा चार सदस्य नियुक्त, पौडेल सचिवमा बढुवा

40

काठमाडौँ, ८ चैत । सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल प्रशाासन सेवा समीकरणतर्फको रिक्त पद राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा चूडामणि पौडेललाई सचिव पदमा बढुवा गर्ने भन्ने निर्णय भएको छ ।’

यस्तै, सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको पनि उहाँले जानकारी दिनुभयो । ‘राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यीय पदमा संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्ति गर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो ।

नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा सात कोरियाली र १० नेपाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...