सुष्मा लामा हत्या आरोपमा एक युवक पक्राउ

51

काठमाडौँ, ४ चैत । प्रहरीले मृत अवस्थामा फेला परेकी सुष्मा लामाको हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेका छ ।

आइतबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्याको आरोपमा तारेभिर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई प्रहरीले सार्वजनिक गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार सुष्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी र सम्पर्कबिहीन भएकी थिइन् ।

उनी हराएको भन्दै खोजी गरिदिन परिवारले बौद्ध प्रहरीमा उजुरी दिएका थिए र फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभिरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा लामाको शव फेला पारेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...