महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ

242

खाँदबारी, २८ फागुन । महिलाको हत्या गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ ।

सिलिचोङ गाउँपालिका-२ घर भइ खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्पनजिकै डेरा गरी बस्ने २६ वर्षीया बिना राईको हत्या गरेको अभियोगमा खाँदबारी-११ हरेलोका ३१ वर्षीय मंसिरे शेर्पालाई पक्राउ गरेको हो ।

‘लिभिङ टुगेदर’मा बस्दै आएका उनीहरूबीच फागुन १८ गते घरायशी विषयमा बाद विवाद हुँदा शेर्पाको कुटपिटबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनालगत्तै फरार भएका शेर्पालाई प्रहरीले २४ गते राति खाँदबारी-७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...