चुङमाङमा जिप दुर्घटना हुँदा १६ जना घाइते

13

विराटनगर, २० फागुन । धनकुटामा आइतबार जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

हिले बजारबाट गइरहेको को २ च १६१९ नम्बरको जिप धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङमा दुर्घटनामा भएको हो । सडकबाट करिब ५० मिटर तल जिप खसेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा लक्ष्मी राई, वेदी बराल, नेत्र कार्की, ईन्द्रकुमारी राई, जया राई, सुनिता खत्रीलगायत छन् ।

गम्भीर अवस्थाका घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जिप चालक राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...