इन्टरनेट र टेलिफोन सेवा गुणस्तरीय र सबैको पहुँचमा पुर्‍याउन आवश्यक : मन्त्री बस्नेत

8

काठमाडौँ, २० फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले दुर सञ्चार प्राधिकरको टेलिफोन र इन्टरनेट सेवा प्रवाहलाई थप गुणस्तरीय बनाइ, सस्तो र सरल रुपमा सबै नागरिकको पहुँचमा पुर्‍याउन आग्रह गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित नेपाल दुरसञ्चार प्राधिकरणको २६औँ वार्षिकोत्सव समारोहमा उहाँले प्राधिकरणले दिँदै आएको दुरसञ्चार सेवालाई सबै क्षेत्रका नागरिकले सहज र सरल रुपमा पाउन सक्ने वातावरण बनाउन आग्रह गर्नुभएको हो ।

उहाँले सबै प्रकारका सेवा प्रवाहलाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘टेलिफोन इन्टरनेट तथा सबै सेवा प्रवाहलाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै हरेक क्षेत्रका नागरिकले आधारभुत दुरसञ्चार सेवा सहज प्राप्त गर्न सक्ने वातावरण बनाउन म प्राधिकरणलाई आग्रह गर्छु ।’
मन्त्री बस्नेतले, दुरसञ्चार प्राधिकरणले सूचना प्रविधिको सेवा क्षेत्र सँगै आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिँदै गइरहेको उल्लेख गर्नुभयो ।

‘प्राधिकरणले सूचना प्रविधिमा सेवा क्षेत्रको रुपमा त काम गर्दै आएको छ । अहिले यसले क्रमशः आर्थिक क्षेत्रमा रोजगारीका अवसरहरू पनि सृजना गरिरहेकाले आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिदै गइरहेको छ ’ मन्त्री बस्नेतले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...