१३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक पुरूष पक्राउ

9

बर्दिया, २० फागुन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बदिर्याबाट एक पुरुषलाई पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय विकास थारूलाई शनिबार बेलुकी पक्राउ गरेको जनाएको छ ।

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...