युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

138

कठमाडौँ, १९ फागुन । वैदेशिक रोजगारीमा युके पठाइदिन्छु भन्दै नगद २ लाख ठगी गरेको अभियोगमा प्युठान झिमरुक गाउँपालिका–६ घर भइ हाल काठमाडौँ तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने ३८ वर्षीय दामोदर पोख्रेल पक्राउ परेका छन् ।

अभियुक्त पोख्रेलले सुवास गुरूङलाई वैदेशिक रोजगारीमा युके पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...