हुण्डी कारोबारको अभियोगमा चिनियाँ नागरिक पक्राउ

50

काठमाडौँ, १७ फागुन । अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चीनको सङ्घाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाभित्र गैरकानुनी रुपमा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुण्डीमार्फत् वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका जियायुबाट नेपाली एक हजार दरको नोट ८ लाख तथा ५०० दरको नोट ४ लाख बरामद गरिएको प्रवक्ता रेग्मीले बताउनुभयो । उनलाई नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...