खुसी लिम्बूको ‘मैच्याङको गालाको कोठी’ गीत सार्वजनिक [भिडिओ]

41

काठमाडौँ, २४ माघ । खुसी लिम्बूको ‘मैच्याङको गालाको कोठी’ गीत सार्वजनिक भएको छ । खुसी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडिओ सार्वजनिक भएको हो ।

जानू काम्बाङ् लिङ्देनको शब्द रहेको यस गीतको संगीत तारा प्रकाश लिम्बूले गरेका हुन् । गीतको भिडिओमा खुसी लिम्बू स्वयं र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ ।

भिडिओको कोरियोग्राफी सुरेश पाण्डे र छायांकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल राना तथा श्रृङ्गार सञ्जु थल्लङले गरेकी हुन् । गीत खुसी लिम्बूको अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।

आफैँँले गाएको गीतमा अभिनय गरेर कला क्षेत्रमा खुसी लिम्बूले पहिलो कदम राखेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, आदिवासी जनजाति महासंघ यूकेलगायत बेलायत र हङकङका एक दर्जन जति सामाजिक र राजनीतिक संस्थाहरुमा खुसी लिम्बूले नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...