सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, पहिरोमा परी एक जना घाइते

79

खाँदबारी, २१ माघ । सङ्खुवासभाको उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु-३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी अवरुद्ध भएको हो ।

मकालु-३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो ।

शनिबार बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । घाइते केसीको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी निरीक्षक लामिछानेले बताए ।

पहिरोमा बरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटसमेत पुरिएको छ । उक्त क्षेत्रमा बरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिहेको छ । अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख इञ्जिन्जिनियर कोइरालाले बताए ।

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...