काठमाडौँ, १९ माघ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ ।
दुवै विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटिआर–७२ विमान सात पुगेको छ । बिहीबार थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एक साताभित्रै विमानले उडान गर्ने जनाइएको छ ।