वडा अध्यक्ष कृष्णप्रसाद पोख्रेलको पहलमा बाँदिकोट-ओखरकोट खड्ग मन्दिर परिसर सरसफाइ

47

झिमरुक – झिमरुक गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णप्रसाद पोख्रेलको पहलमा बाँदिकोट-ओखरकोट खड्ग मन्दिर परिसर सरसफाइ गरिएको छ।

लामो समयदेखि मन्दिर परिसरमा रहेको फोहोर आइतबार वडा अध्यक्ष पोख्रेल सहित  समाजसेवी युवाहरुले  सरसफाइ गरेको समाजसेवी टंक प्रसाद पोख्रेलले हाम्रो संवादलाई जानकारी दिनुभयो । साथै घुम्न आउने पर्यटकहरुलाई फोहोर नगरी दिन आग्रह गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...