सङ्खुवासभाको लिम्दुसामा आगलागी हुँदा २० लाखको क्षति

41

खाँदबारी, १३ माघ । सङ्खुवासभाको मकालु गाउँपालिका–२ लिम्दुसामा आगलागी हुँदा नगद दुई लाखसहित २० लाखबराबरको क्षति भएको छ ।

आगलागीबाट मकालु–२ लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । आगलागीबाट करिब २० लाखबराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताए ।

आगलागीबाट दुई तोला सुन, दुई लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताए । बुधबार राति खाना पकाउने ठाउँबाट सल्किएर आगो लागेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...