बुटवल, ६ माघ । नेपाल विद्यार्थी संघ रुपन्देही, नेपाल तरुण दल रुपन्देही, तरुण दल क्षेत्र नम्बर २ कार्यसमिति र तरुण दल बुटवल उपमहानगरपालि कार्यसमितिको संयुक्त आयोजनामा बुटवलमा युवा भेला सम्पन्न भएको छ ।
बुटवलको फुलबारीमा भएको कार्यक्रममा करिब एक हजार दुई सय जनाको सहभागितामा रहेको तरूण दल रूपन्देहीका कार्यवाहक अध्यक्ष प्रशान्त कोइरालाले जानकारी दिए । उक्त भेलामा रूपन्देही जिल्लाका कांग्रेसका नेता, जनप्रतिनिधि, तरूण दल, नेपाल विद्यार्थी संघ पार्टीका युवाहरूलगायत नेता कार्यकर्ता बाक्लो सहभागिता रहेको थियो ।
आगामी माघ १२ गते शुक्रबार क्षेत्र नम्बर ५ मा युवा भेला तथा वनभोज कार्यक्रमको आयोजना गर्ने कोइरालाले जानकारी दिए ।