रसिया पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

71

काठमाडौँ, ५ माघ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भइ हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीय सरोज थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उपरीक्षक केसीका अनुसार पक्राउ परेका थापाले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने र त्यसका लागि ७ लाख ३० हजार लाग्ने तथा रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा एक लाखमा काम लगाइदिने भन्दै विश्वास दिलाइ पीडितबाट पटक–पटक गरी जम्मा ७ लाख ३० हजार रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक केसीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...