गोरखाका एक व्यक्तिमा भेटियो कोरोना

17

गोरखा ३ माघ । गोरखामा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिइन् ।

सहिद लखन गाउँपालिका–७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सोमबार संक्रमण पुष्टि भएको उनले बताइन् । ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा अस्पताल आइपुगेका थिए ।

संक्रमितको अवस्था सामान्य रहेको र उनलाई अहिले होम आइसोलेसनमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताइन् । संक्रमित व्यक्ति भरतपुरबाट गोरखा आएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...