मंगलादेवी माध्यमिक विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

53

खाँदबारी, २० पुस । सङ्खुवासभाको मंगलादेवी माध्यमिक विद्यालय तीन पोखरीमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले खाँदबारी नगरपालिका–७ स्थित तीन पोखरीमा रहेको मंगलादेवी माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोषको स्थापना भएको हो ।

समाजसेवी स्वर्गीय ल्याप्टेन चिमबहादुर राई र पत्नी जयमाया राईको स्मृतिमा कोष स्थापना गरिएको हो ।

चिमबहादुर र जयमाया दम्पतिका दुई छोराहरू अजित कुमार राई र दीप बहादुर राईले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सघाउन पाँच लाखको कोष स्थापना गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...