शैक्षिक अभियन्ता षडानन्दको सालिक अनावरण

22

टक्सार, २ पुस । नेपालमा शिक्षाको ज्योति फिजाउने शैक्षिक अभियन्ता आवाल ब्रह्मचारी बालगुरू षडानन्द अधिकारीको दिङ्लामा सालिक अनावरण गरिएको छ ।

उनको १८९औँ जन्मजयन्तीको अवसर पारेर षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा षडानन्दको अर्धकदको सालिक नगर प्रमुख सुरेन्द्र कुमार उदासले अनावरण गरे ।

नगरप्रमुख उदासले देशको शैक्षिक उन्नयनमा षडानन्द अधिकारीले निर्वाह गरेको अतुलनीय भूमिका सराहना गर्दै शिक्षाका साथै धार्मिक एवम् समाज सुधारमा उनले गरेको योगदानको आमनेपालीले सधैँ सम्झिरहने बताए ।

त्यसै अवसरमा हेमराज गुरागाईद्वारा लिखित तथा धनमाया प्रतिष्ठानको प्रकाशन ‘धनमाया’ शोक काव्य विमोचन गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...