समीक्षा र प्रवीणको आवाजमा ‘मलाई तिम्रो मुटुसरी’ सार्वजनिक [भिडिओ]

50

काठमाडौँ, २७ मङ्सिर । गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’को भिडिओ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको संगीत, आदेश गुर्माचनको एरेन्ज र नरेश बिसीको मिक्सिङ तथा मास्टरिङ छ ।

गीतको भिडिओमा गरिश्मा शर्मा र कपिल भट्ट फिचर्ड छन् । भिडिओमा एक विवाहित जोडीको कृषि कर्मलाई देखाइएको छ ।

निकेश खड्काको कथा, कन्सेप्ट र निर्देशन रहेको भिडिओमा उत्तम हुमागाईंको छायांकन, अनिता ग्वाचाका मेकअप, भ्यालेन्टिनो बुटिकको पहिरन, सुदीप ढकालको प्रोडक्सन र विकास धमलाको सम्पादन छ ।

Share This:
सम्बन्धित खबर
Loading...