दुम्सी मार्न गएका सारूको भरूवा बन्दुक पड्किएर मृत्यु

20

काठमाडौँ, २४ मङ्सिर । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङ डाँडाका ४८ वर्षीय डम्मर बहादुर सारूको आफैँले बोको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।

फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो । गएराति छर्रा लागेर घाइते भएका सारूको रामपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित दैनिक समाचार बुलेटिनमा जनाइएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दी–४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरूवा बन्दु एक थान र झोला बरामद गरेको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...