नागढुंगाबाट २ किलो सुनसहित ३ जना पक्राउ

19

काठमाडौँ, २२ मङ्सिर । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुंगाबाट २ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरू तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर ल्याइएको उक्त सुन प्रहरी टोलीले नागढुंगाबाट बरामद गरी ३ जनालाई पक्राउ गरिएको हो ।

सुन रसुवा नाकाबाट भित्र्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा यस विषयमा थप अनुसन्धान भइरहेको डिआइजी कडायतले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...