त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ

31

काठमाडौँ, २२ मङ्सिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोटराज पाण्डेले जानकारी दिए ।

बिहीबार राति ११स्४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौँ आएका चन्द्र घलेलाई कपडामा बेरेर छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुत आकारको ७ थान (१४ किलो) सुनसहित पक्राउ गरिएको थियो ।

उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीन बहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार प्रमुख पाण्डेले बताए ।

पक्राउ परेका दुवै जनालाई थुनामा राख्न प्रहरी प्रभाव कोटेश्वर पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...