सामाजिक सञ्जालमार्फत् महिलाको चरित्रहत्या गर्ने पक्राउ

27

काठमाडौँ, २२ मङ्सिर । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत् महिलाको चरित्रहत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत् चिनजान भइ विभिन्न समयमा २ जनाबीच भएको क्रियाकलापलाई तस्बिर तथा श्रव्यदृष्य सम्पादन गरी महिलाको चरित्रहत्या गर्ने चितवन रत्ननगर नगरपालिका–१० घर भइ हाल काठमाडौँ बस्ने ४२ वर्षीय चर्तुमान महतोलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) पशुपति कुमार रायले महिलाको तस्बिर सम्पादन गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा महतोलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले महतोलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराधअन्तर्गत पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको एसपी रायले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...