वर्तमान सरकारले छिमेकी मुलुकहरूसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन : ओली

54

काठमाडौँ, २० मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन् ।

राष्ट्रिय हितको रक्षा, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरूसँग कुरै गर्न नसक्ने अध्यक्ष ओलीले जिकिर गरे । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा बुधबार रूकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी समेत गरे ।

अपराधीहरूलाई प्रात्साहित गर्ने, समात्न नमान्ने, समाती हाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाइ थियो ।

“प्रहरी प्रशासन, कर्मचारीतन्त्रले ठिक ढंगले काम गर्न पाएको छैन । हस्तक्षेपमाथि हस्तक्षेप छ । यस्तो खालको अवस्था छ । कर्मचारीतन्त्रलाई दुरूपयोग गरिएको छ । अहिले देशको अवस्था अत्यन्तै नाजुक छ,” उनले भने, “यस नाजुक अवस्थालाई कसरी रोक्ने र सकारात्मक बाटोमा फर्काउने । आज देशको राजनीति अन्यौलग्रस्त छ । देशको राजनीतिक निराशायुक्त छ । देशको राजनीति अस्थिर र अराजक बनेको छ । देशको राजनीतिप्रति जनविश्वास अत्यन्तै घटेको छ । त्यसै गरेर अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो, असहज र बिग्रेको अवस्थामा छ । र, बिग्रँदो छ ।”

Share This:
सम्बन्धित खबर
Loading...