अमेरिकी डलरसहित पोल्यान्डकी एक महिला पक्राउ

16

काठमाडौँ, १९ मङ्सिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रिपब्लिक अफ पोल्यान्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेकी केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुँबेर कडायतले जानकारी दिए ।

उनका अनुसार फ्लाइ दुबईको उडानद्वारा दुबई हुँदै पोल्यान्ड जान लागेकी निज महिला विमानस्थलमा जाँच गर्ने क्रममा १०० दरको ११३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार ५०० अमेरिकी डलरसहित फेला पारी आइतबार पक्राउ गरिएको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको डिआइजी कडायतले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...