अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

24

काठमाडौँ, १७ मंसिर । नेपाल प्रहरीले अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा– ३ का २७ वर्षीय छत्र बहादुर रोक्का, ओखलढुंगा लिखु गाउँपालिका–७ का ३३ वर्षीय गोपाल थापा, सिन्धुली सुनकोशी गाउँपालिका–६ का ४४ वर्षीय सेते कार्की, सल्यान कपुरबोट गाउँपालिका–६ का २५ वर्षीय शिवराज परियार र नुवाकोट विदुर नगरपालिका–६ का ३० वर्षीय अमृत रोक्का रहेको छन् ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...