७८ जना एचआइभी संक्रमण

48

चितवन, १५ मंसिर । सन् २०२३ को ११ महिनामा जिल्लामा ७८ जना एचआइभीबाट संक्रमित भएका पुष्टि भएको छ ।

३६औँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउन्डेसन नेपाल भरतपुर अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ४३५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी संक्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये ४० जना पुरूष, ३३ जना महिला, ३ जना तेस्रो लिंगी र २ जना बालबालिका छन् । संक्रमण पुष्टि भएकामा चितवनका ३६ र बाहिर जिल्लाका ४२ जना छन् ।

जिल्लामा अहिलेसम्म २ हजार ३१९ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ । पत्रकार सम्मलेनमा दिएको जानकारीअनुसार १ हजार २१० जना पुरूष, ९२३ जना महिला, २४ जना तेस्रो लिंगी र १६२ जना बालबालिका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...