काठमाडौँ, १० मंसिर । पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
रोल्पा गंगादेव गाउँपालिका–३ घर भइ हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने ३९ वर्षीय निमराज डाँगी पक्राउ परेका हुन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको हो ।
उनले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।