गायिका सुनिता सन्यकको ‘यो मुटुलाई छामेर हेर’ सार्वजनिक [भिडिओ]

55

काठमाडौँ, ५ मंसिर । गायिका सुनिता सन्यक लिम्बूको आवाजमा सजिएको ‘यो मुटुलाई छामेर हेर’ बोलको गीत सार्वजनिक भएको छ । आज गायिका सुनिताको अफिसियल युट्युब च्यानल ‘सुनिता सन्यक लिम्बू’मार्फत रिलिज गरिएको हो ।

गीतका शब्द सुरज तामाङले लेखेका हुन् भने संगीत पनि उनकै रहेको छ । गीतको एरेन्ज तथा मिक्सिङ देवेश राईले गरेका छन् । उक्त गीतको ‘मेल भर्सन’मा विजय राईले स्वर भरेका छन् ।

म्यजिक भिडिओको छायांकन तथा सम्पादन किरण राईले गरेका छन् भने भिडिओमा गायिका सुनिता र सांकेन राईको अभिनय रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...