नक्कली नेपाली नोटसहित दुई महिला पक्राउ

32

काठमाडौँ, ५ मंसिर । नक्कली नेपाली नोटसहित २ जना महिला काठमाडौँबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७ कोलागाल डेरा गरी बस्ने सिन्धुपाल्चोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुइवीर गाउँपालिका–४ की ४१ वर्षीया मैयाँकुमारी घिमिरे रहेका छन् । सिर्जनाको साथबाट एक हजार दरको १४० थान र मैयाँकुमारीको साथबाट एक हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ ।

सिर्जना र मैयाँ कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका–७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैयाँ कुमारीलाई बुढानिलकण्ठ नगरपालिका–१२ कपन निलोमाइक्रो पार्कनजिकबाट सोमबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...