टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा

35

काठमाडौँ, ४ मंसिर । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासमा आज उक्त मुद्दको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो ।

न्यायाधीश चुँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एक इजलास नबस्ने हुँदा सुनुवाइ हुन नसकेको हो ।

उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

सरकारले गत कात्तिक २७ गते सामाजिक सद्‌भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...