प्युठान, ३ मंसिर । तिहार सकिएलगत्तै प्युठानमा २२ वर्षीया एक महिला र उनका ३ वर्षे छोरा एक दिनको फरकमा मृत फेला परेका छन् ।
प्युठानको नौबाहिनी गाउँपालिका–३ खवांग काइयामा आमाछोरा मृत फेला परेका हुन् । स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी हराइरहेका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको इलाका प्रहरी कार्यालय बाहानेका प्रमुख कृष्ण राना मगरले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक ईश्वर थापा मगरले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख थापामगर नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।