फरार अभियुक्त ३० वर्षपछि पक्राउ

33

महेन्द्रनगर, २ मंसिर । प्रहरीले ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई कञ्चनपुरको दोधारा चाँदनीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धन बहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा ६ महिना कैद र २ हजार जरिबानाको फैसला सुनाएको थियो ।

कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका लागि अदालतमा पेस गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...