हत्या अभियोगमा ८ जना पक्राउ

27

बर्दिया, १ मंसिर । बर्दियाको गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हतियार प्रयोग गरेर कुटपिट गरी हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, सोही नगरपालिका–६ ज्योतिनगर बस्ने २४ वर्षीय धिरज ठाकुर, सोही नगरपालिका–६ कृष्णसार टोल बस्ने १८ वर्षीय किशोर, गुलरिया–५ बंगलामुखी टोल बस्ने १९ वर्षीय दिपेश बुढामगर, गुलरिया–८ कोठिया बस्ने १९ वर्षीय सन्दीप थारू, गुलरिया–८ गंगानगर टोल बस्ने १९ वर्षीय दिनानाथ चौधरी, गुलरिया–४ गणेशचोक बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका–३ बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् ।

गुलरिया नगरपालिका–५ सुहेलवामा उनीहरूले कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारका लागि बर्दिया अस्पतालबाट नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोखलगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ ।

घटनामा संलग्न हाल फरार अन्य ३ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...