श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

51

अछाम, ३० कात्तिक । श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मंगलसेन नगरपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेर बहादुर भण्डारी पक्राउ परेका हुन् ।

उर्मिलाका माइती पक्षले बुधबार शेर बहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

उनले भने, “मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक लागेको देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिएकाले माइती पक्षले उनका श्रीमान् शेर बहादुरको नाममा किटानी जाहेरी दिएका छन् ।”

नायब उपरीक्षक पाठकका अनुसार श्रीमान्‌ले मदिरा सेवन गरेको पाइएको छ । उनले भने, “अहिले हामी अनुसन्धानकै क्रममा छौँ । शव परीक्षणको प्रतिवेदन आएपछि थप अनुसन्धान गर्न सहज हुने छ ।”

हत्याको आरोपमा पक्राउ परेको शेर बहादुर हालै नेपाल प्रहरीको जागिरबाट अवकाश भएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...