इन्टरनेट प्रदायकले टिकटक नहटाए कारबाही गर्ने प्राधिकरणको चेतावनी

31

काठमाडौँ, २८ कात्तिक । नेपाल दुरसञ्चार प्राधिकरणले सरकारको निर्णयलगत्तै टिकटक हटाउन दिएको निर्देशन पालना नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मंगलबार सूचना सार्वजनिक गर्दै प्राधिकरणले सोमबारको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रयोगमा तत्काल रोक लगाउने निर्णयलगत्तै इन्टरनेट प्रदायकलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

निर्देशन दिएको २४ घन्टासम्म पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

सेवा प्रदायकले निर्देशन पालना नगरे दुरसञ्चार ऐन २०५३ को दफा ४७ बमोजिम कारबाही हुनसक्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

टिकटकका माध्यमबाट सामाजिक सद्‌भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै सरकारले नेपालमा बन्द गर्ने निर्णय गरेको हो । योसँगै नेपालसहित २७ देशमा टिकटक प्रतिबन्ध भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...