नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

44

काठमाडौँ, २७ कात्तिक । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“सामाजिक सद्‌भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो,” उनले भनिन् । उनले उक्त निर्णय कार्यान्वयनमा लैजाने प्रक्रिया केही दिनमै सुरू हुने बताइन् ।

“टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन जान प्राविधिक रूपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,” उनले भनिन्, “त्यससम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।”

Share This:
सम्बन्धित खबर
Loading...