बुबाको हत्या अभियोगमा छोरा पक्राउ

15

सुदूरपश्चिम, १३ कात्तिक । बुबाको हत्या गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका–३ का २४ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार आफ्नै घरमा घरायसी विवादका क्रममा ढुंगा प्रहार गर्दा गणेशका बुबा ४५ वर्षीय हिरासिंह चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...