अपराजित नेपाल सेमिफाइनलमा

71

काठमाडौँ, २ कात्तिक । एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

मलेसियाको युएसडी–युकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा साउदी अरब १९.१ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । यो जितसँगै नेपाल समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले सेमिफाइनलमा समूह ‘डी’को विजेतासँग खेल्ने छ । नेपलाले पहिलो खेलमा इरानलाई २७४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो ।

साउदीका लागि बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए । मोहम्मद अहमद ९ रनमा अविजित रहे भने अब्दुल्लाह शिराजले ९ रन बनाए ।

साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कँडेल एक्लैले ६ विकेट लिए भने आकाश चन्दले २ तथा शुवास भण्डारीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३४७ रनको योगफल बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले शतकीय पारी खेलेका थिए । उनले १४२ रन बनाएका थिए । आकाश त्रिपाठीले ८९ रनको योगदान गरे भने दीपक बोहोराले २९ रन बनाए । त्यस्तै, दीपकप्रकाश डुम्रे १४ रनमा आउट हुँदा मिलन बोहरा ९ र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुई–दुई, विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले समान एक–एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...