फेवातालमा डुंगा चालकको मापसे जाँच

15

पोखरा, २ कात्तिक । पोखराको फेवातालमा डुंगा चलाउने चालकहरूको मादव पदार्थ सेवन (मापसे) जाँच गरिएको छ ।

बुधबार दिउँसो कास्की पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित फेवातालमा डुंगा चालकहरूको मापसे जाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

समय समयमा डुंगा दुर्घटना हुने घटनालाई मध्यनजरमा राखेर वडा प्रहरी कार्याल बैदाम र अस्थायी ट्राफिक पोष्ट बैदामले चालकहरूको मापसे जाँच गरेको हो ।

बुधबार गरिएको जाँचमा कसैले पनि मापसे नगरेको अस्थायी ट्राफिक पोष्टका प्रमुख वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले जानकारी दिए । उनले डुंगामा सवार गर्ने यात्रु र चालकको सुरक्षाका लागि केही समयअघि पनि यसरी मापसे जाँच गरिएको बताए ।

यात्रुहरूले लाइफ ज्याकेट लगाए/नलगाएको पनि हेर्ने गरिएको उनले बताए । यसरी कसैले मापसे गरेको पाइएमा अहिलेलाई सचेत गराउने गरेको पनि उनी बताउँछन् ।

Share This:
सम्बन्धित खबर
Loading...