बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प

11

बाजुरा, २ कात्तिक । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...