फिफा विश्वकप : लाओसलाई हराउँदै नेपाल एसिया छनोटको दोस्रो चरणमा

60

काठमाडौँ, ३० असोज । फिफा विश्वकप छनोटअन्तर्गतको प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसविरूद्ध जित निकालेको छ ।

दुई लेगको प्रतिस्पर्धामा दोस्रो लेगमा लाओसलाई उसैको घरेलु मैदान न्यु लाओस इन्टरनेसनल स्टेडियममा १–० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो ।

नेपालको जितमा मनिष डाँगीले गरेको गोल निर्णायक बन्यो । उनले अञ्जन विष्टको पासमा खेलको ५३औँ मिनेटमा गोल गरेका थिए ।

यससँगै नेपाल समग्रमा २–१ ले अघि रहँदै दोस्रो चरणमा पुग्यो । गत साता दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए ।

अब दोस्रो चरणमा नेपालले समूह ‘एस’ मा प्रतिस्पर्धा गर्ने छ । समूहमा नेपालसँगै युएई, यमन र बहराइनसँग प्रतिस्पर्धा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...