अमेरिका पठाइदिन्छु भनी ११ लाख ठगी गरेको आरोपमा पक्राउ

29

काठमाडाैँ, ३० असाेज । अमेरिका पठाइदिन्छु भन्दै साढे ११ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दैलेख घर भइ काठमाडौँको नागार्जुन नगरपालिका–२ बस्ने ४० वर्षीय कुल बहादुर पन्त पक्राउ परेका हुन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो काठमाडौँ महानगरपालिका–३ बसुन्धराबाट पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु, त्यसका लागि १६ लाख लाग्छ, आकर्षक तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी १६ लाख ५० हजार लिइ सम्पर्कविहीन भएकाले भुवनेश्वर अनात्यले ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...