काठमाडौँ, २९ असोज । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको छ । अफगानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले पराजित गरेको हो ।
भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २८४ रनको योगफल बनायो । २८५ रनको विजय लक्ष्य पछ्याएको इंग्ल्यान्डको पारी २१५ रनमा समेटियो ।
इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले ६६, डेविड मलानले ३२, आदिल रशिदले २०, मार्क वूडले १८, रेशी टोप्लेले १५, जोय रुटले ११ तथा लियाम लिभिङस्टोन र शाम कुरनले १०–१० रन बनाए ।
बलिङतर्फ अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले तीन–तीन तथा मोहम्मद नवीले दुई विकेट लिए ।
यसअघि अफगानिस्तानका लागि ब्याटिङ गर्ने क्रममा रहमान उल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । उनले ५७ बलमा आठ चौका र चार छक्का हाने । गुरबाज र इब्राहिम जद्रानले ११४ रनको साझेदारी गरे । यस क्रममा इब्राहिमले २८ रन जोडे । यस्तै, इक्रम अलीखिलले ५८ रन बनाए । उनले ६६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।
मुजिब उर रहमानले २८ रन बनाए । उनले १६ बल खेल्दै तीन चौका र एक छक्का हाने । राशिद खानले २३, हश्मातुल्लाह शाहिदीले १४, आजमतुल्लाह ओमरजाईले १९ र मोहम्मद नाबीले ९ रन बनाए ।
बलिङतर्फ इंग्ल्यान्डका आदिल राशिदले तीन, मार्क वूडले दुई तथा जो रुट, रिस टोप्ली र लियाम लिभिङस्टोनले एक–एक विकेट लिए ।