जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

17

मुगु, २८ असोज । मुगुको छायाँनाथ रारा नगरपालिका–२ स्थित होटल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ टोप्लाका ३१ वर्षीय पशुपति शाहीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।

यसैगरी, उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँस्थित होटल टपटाउनमा जुवातास खेलिरहेका छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँ बस्ने ३२ वर्षीय सूर्यबहादुर शाहीसहित ८ जनालाई १३ हजार ६४९ रूपैयाँसहित शनिबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरू उपर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...