यो वर्ष १० वटा हजाज किन्छौँ : पर्यटनमन्त्री किराती

18

काठमाडौँ, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का १० वटासम्म जहाज खरिद गर्ने बताएका छन् ।

आइतबार मन्त्रीनिवास पुल्चोकमा सत्तारूढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)ले चाडवाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए । उनले सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए ।

मन्त्री किरातीले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । उनले १० वटासम्म जहाज नथपी पर्यटकहरू नेपाल नआउने दाबी गरे ।

उनले दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताए । उनले आजदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गर्ने बताए ।

कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरूलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...