कोशीका मुख्यमन्त्री कार्कीले आज शपथ लिने

51

काठमाडौँ, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउने छन् ।

मुख्यमन्त्रीको शपथग्रहणका लागि आज दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए ।

आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्रीले कार्कीले तयारी गरेका छन् ।

पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एक जना नेकपा (एमाले)का तर्फबाट मन्त्रिमण्डलमा सामेल गराइने छ ।

आइतबार कम्तीमा ३ र बढीमा ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

सम्भावित मन्त्रीको नाम भने टुंगो लागिनसकेको उनको भनाइ छ ।

कार्की एमाले र नेपाली कांग्रेसको डा.शेखर कोइराला पक्षका सांसदहरूको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनी नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसारको हो । कार्कीले अबको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ । उनले विश्वासको मत पाउन नसके कोशीमा मध्यावधि हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...